काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा ५ हजार ८०० र चाँदी १५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० निर्धारण भएको छ ।