काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बहुमूल्य धातुको मूल्यमा तीव्र गिरावट आएको छ । कारोबार अवधिमा सुनको मूल्य २.८३ प्रतिशत अर्थात् ११७ अमेरिकी डलरले घटेर प्रतिऔंस ४ हजार २८ डलरमा झरेको छ । पछिल्लो गिरावटले विश्व बजारमा सुरक्षित लगानीका रूपमा चिनिने सुनमा बिक्री दबाब बढेको संकेत गरेको छ । सुनसँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २.६२ अमेरिकी डलर अर्थात् ४.३८ प्रतिशतले घटेको छ । बजार विश्लेषकहरूका अनुसार अमेरिकी डलर बलियो बन्दै जानु, ब्याजदरसम्बन्धी अपेक्षामा आएको परिवर्तन ... The post अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट appeared first on Kalika Khabar.