काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्रको आलोचनाप्रति संकेत गर्दै त्यसमा केन्द्रित हुँदा गन्तव्यमा पुग्न नसकिने बताए। उनले भने, ‘कसैले कहीँ भेला भएर धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानिराख्दा हामी गन्तव्यमा पुग्न सक्दैनौं। बीपी कोइरालाको पुण्यतिथिमा बीपीकै विचार र संस्कारको कुरा गरौं। २१औँ शताब्दीका युवाको भावनासँग बीपीको विचारलाई एकाकार गरेर समुन्नतिको ... The post आलोचनामा केन्द्रित हुँदा पार्टी गन्तब्यमा पुग्न सक्दैन : शर्मा appeared first on Kalika Khabar.