काठमाडौं : उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन बिहीबार आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशपछि अग्रवाललाई ललितपुरस्थित नक्खु कारागार पठाइएको छ। अग्रवाल शंकर ग्रुपका अध्यक्ष हुन्।अदालतले जगदम्बा स्टिल्स लिमिटेडले लिएको बैंक कर्जा दुरुपयोग भएको आधार देखिएको ठहर गरेको छ। जगदम्बा स्टिल्सबाट जारी भएका चेकमा अग्रवाल हस्ताक्षरकर्ता रहेको, उन