काठमाडौं । सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो र प्रभावकारी विकास, सञ्चालन तथा नियमनका लागि आवश्यक नीतिगत र कानुनी आधार तयार गर्न सरोकारवालासँग सुझाव माग गरेको छ । पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, प्राविधिक दिशानिर्देश तथा हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकाससम्बन्धी सुझाव उपलब्ध गराउन आह्वान गरेको हो