२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध कडा कानुन ल्याउने मोदीको प्रतिबद्धता

  • शुक्रबार​ ८ साउन २०८३ ०२:४९ AM
काठमाडौं । भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन् । भारतमा सार्वजनिक परीक्षाका प्रश्नपत्र चुहावटका घटनाविरुद्ध आन्दोलन गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै उनी जुन २८ देखि अनशनमा बसेका थिए । बिहीबार राति सामाजिक सञ्जाल एक्समार्फत वाङचुकले विभिन्न पक्षसँग भएको लामो छलफल तथा देशमा सम्भावित हिंसाको अवस्थालाई ध्यानमा राख्दै