काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने र केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् संजीव अधिकारीका अनुसार हाल उपत्यकामा सामान्य बदली रहेको छ । मेघगर्जन तथा चट्याङसहित वर्षा गराउन सक्ने बादल विकसित भएकाले केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना