वासिङ्टन : अमेरिकाले 'जबरजस्ती श्रम' (Forced Labour) बाट उत्पादित वस्तुहरूको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै आफ्ना करिब ६० वटा व्यापारिक सहयोगी राष्ट्रहरूमाथि नयाँ भन्सार शुल्क (कर) थपेको छ।शुक्रबारदेखि लागू हुने १० देखि १२.५ प्रतिशतसम्मको यो नयाँ भन्सार शुल्कले बेलायत, चीन, युरोपेली युनियन (EU), क्यानडा, जापान र भारतजस्ता अमेरिकाका प्रमुख आर्थिक सहयोगीहरूलाई प्रत्यक्ष असर पार्ने भएको छ। यसअघि वर्षको सुरुमा विदेशी वस्तुहरूमा लगाइएको १० प्रतिशत अस्थायी करको समयावध