काठमाडौं : सिंहदरबारको पर्खालबाट केही सय मिटरमै छ– माइतीघर। पाँच दोबाटो भएको माइतीघर हुँदै उपत्यकाका तीनवटै जिल्ला चल्ने गाडीको ओहोरदोहोर उस्तै छ। सिंहदरबार छिर्न नसकेकाहरू दिनहुँ माइतीघरमा भेटिन्छन्।माइतीघर राज्यको नजरमा पर्न नसकेका हजारौं भुइँमानिसका आँसु, आक्रोश र आशा ठोक्किने चौतारी हो। कसैको काखमा नाबालक शिशु छ, कसैको हातमा न्याय माग्ने प्लेकार्ड, कसैका आँखामा महिनौंको धर्नाले छाएको थकान छ त कसैका आवाजमा अन्यायविरुद्धको आक्रोश। आफ्ना गुनासा, असन्तुष्टि र न्यायको माग सार्वजनिक रूपमा व्