शिक्षा मन्त्रीको राजीनामा माग्दै अनशनमा बसेका सोनम वाङचुकले तोडे अनशन

  • शुक्रबार​ ८ साउन २०८३ ०७:०० AM
नयाँ दिल्ली : नीट परीक्षा प्रश्नपत्र लीक प्रकरणलाई लिएर विद्यार्थीहरूले गरिरहेको आन्दोलनको समर्थनमा विगत २६ दिनदेखि अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले आफ्नो अनशन तोडेका छन् । उनले २६ दिनपछि केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह-लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोडेका हुन् । उक्त विषयको जानकारी वाङचुकले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर मार्फत गराएका छन् । अनशन तोड्नुअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले पत्र लेखेर आफूलाई अनशन तोड्