काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ।उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको थियो।नेपालले दिएको १५८ रनको विजय लक्ष्य पछाएको घरेलु टोली नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वार्डले सर्वाधिक ६१ रन बनाउँदै अविजित रहे। उनले ८९ बलमा २ चौका र १ छक्का प्रहार गरे। पाँचौँ विकेटका लागि उनले नोवा क्रोससँग ८५ रनको