काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ । गत आवमा रु २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई उक्त आकारमा पुगेको हो । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत आवमा समग्र वैदेशिक