नेपालमा अब ५ हजारसम्म अमेरिकी डलर ल्याउन पाउने

  • बिहीबार ७ साउन २०८३ १०:०० PM
काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपालमा नगद विदेशी मुद्रा भित्र्याउने तथा बाहिर लैजाने सम्बन्धी व्यवस्था संशोधन गर्दै अब २०० र ५०० दरका भारतीय रुपैयाँका नोट पनि ल्याउन, लैजान र सटही गर्न सकिने व्यवस्था गरेको छ। यात्रुले भन्सार घोषणा नगरी नेपालमा ल्याउन पाउने अमेरिकी डलरको सीमा पनि बढाएर ५ हजार डलर पुर्‍याइएको छ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अब भन्सार घोषणा नगरी अमेरिकी डलर ५ हजारसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा)