अब भन्सार घोषणा बिना ५ हजार डलरसम्म ल्याउन पाइने

  • बिहीबार ७ साउन २०८३ ०४:०० PM
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर पाँच हजार डलर बराबरको अमेरिकी मुद्रा र पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने जनाएको हो