काठमाण्डु – उच्च अदालत पाटनले शंकर ग्रूपका अध्यक्ष शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बिहीबार अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो । बैंकिङ कसुरसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अग्रवाललाई बुधबार पक्राउ परेर अदालतमा पेश गरेको थियो । नेपाल