अख्तियार प्रकरणबारे प्रधानमन्त्रीलाई गगनको कटाक्ष– ‘संविधान भन्दा माथि कोही छैन’

  • बिहीबार ७ साउन २०८३ ०१:३६ PM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफ्नो पार्टी संविधान संशोधन गर्न समेत तयार रहेको बताएका छन् । ४४औँ वीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका थापाले यस्तो बताएका हुन् । सभापति थापाले वर्तमान सरकारले संविधानको पालना गरे–नगरेको विषयमा प्रश्न उठाउँदै