नेपालले नेदरल्यान्ड्सलाई दियो १५८ रनको लक्ष्य

  • बिहीबार ७ साउन २०८३ ०७:०१ PM
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ चौका प्रहार गरे। उनले छैटौं विकेटको लागि गुल्सन झासँग ४८ रनको साझेदारी बनाउँदै नेपालको मध्यक्रम केही बेर सम्हालेका थिए। ओपनर आसिफ शेखले १४ रन, दिपेन्