काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलहरुमाथि प्रतिशोधपूर्ण आक्रमण गरिरहेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले आफूमाथि प्रतिशोध साँधेर पूर्वाग्रहपूर्ण व्यवहार गरेको आरोप लगाउँदै मुद्दा चलाउने