काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले राष्ट्रिय राजनीति अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै देशको भविष्य, लोकतन्त्र, संविधान र गणतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपाल कतै विदेशीहरूको खेलमैदान त भइरहेको छैन भन्ने चिन्ता पैदा भएको बताए । ‘राष्ट्रिय राजनीति अहिले हामीले सोचेजस्तो सकारात्मक दिशामा अगाडि बढिरहेको छैन। संकटको अवस्थामा छ। के हुने हो भोलि भन्ने त्रास फैलिएको हो । देशकै भविष्यप्रति चिन्ता जागेको छ । हाम्रो देशको अस्तित्व, देशको सार्वभौम सत्ता, हाम्रो देशको भौगोलिक अखण्डता र देशको परराष्ट्र नीति यी सबै कायम रहन्छन् कि रहँदैनन्। विदेशीहरूको कतै खेलमैदान त भइरहेको छैन। विदेशीहरूको खेलमैदान भएपछि नेपालीहरूको के होला हालत