टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपालमा सार्वजनिक, मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ

  • बिहीबार ७ साउन २०८३ ११:३१ AM
काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अर्बिटर (TVS Arbiter) नेपाली बजारमा सार्वजनिक गरेको छ। बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको अर्बिटरको प्रारम्भिक बिक्री मूल्य रु. २ लाख ८१ हजार ९ सय निर्धारण गरिएको कम्पनीले जनाएको छ। नयाँ अर्बिटरमा ३.१ किलोवाट-आवर (kWh) क्षमताको ब्याट्रीप्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा आईडीसी (IDC) मापदण्डअनुसार १५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ। स्कुटरमा २.५ पिक किलोवाट क्षमताको बीएलडीसी (BLDC) रियर हब मोटर प्रयोग गरिएको छ, जसको अधिकतम गति ६८ किलोमिटर प्रतिघण्टा रहेको छ। ... The post टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपालमा सार्वजनिक, मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ appeared first on Kalika Khabar.