काठमाडौं । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो । यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पुर्याएको महत्वपूर्ण योगदानको कदर गरेको बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोजकुमार ज्ञवालीले प्रतिष्ठित अवार्डबाट बैंक सम्मानित हुन पाउँदा खुसी लागेको ... The post नबिल बैंक तीन प्रतिष्ठित अवार्डबाट सम्मानित appeared first on Kalika Khabar.