काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अपहरित लोकतन्त्र फर्काउनु पर्ने अवस्था रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताएका छन् ।उनले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुने बताए । ‘नेपालको बलिदानपूर्ण लामो सं