काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा ढुङ्गा हानेर आफ्नो गन्तव्यमा पुग्न नसकिने बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्ने समेत बताए ।उनले बीपीको विचार, संस्कार र उनको दर्शनलाई २१औं शताब्दीका युवाको भावनासँग एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने संकल्प लिनुपर्नेमा जोड दिए । उनले कांग्रेसका लागि सधैँ राजनीति मात्र नभई बालश्रम