पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते

  • बिहीबार ७ साउन २०८३ १०:२६ AM
पाकिस्तान आएको मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा विगत २४ घण्टामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ । एनडिएमएका अनुसार पूर्वी पन्जाब प्रान्तमा नौ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यसै गरी उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा छ जनाको मृत्यु भएको र दुई जना घाइते भएको उल्लेख गरिएको छ । पछिल्लो घटनासँगै जुन २६ देखि देशव्यापी रुपमा चलेको मनसुनी घटनामा मृत्युको सङ्ख्या बढेर ७२ जना पुग्नुका साथै १८७ जना घाइते भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा ... The post पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते appeared first on Kalika Khabar.