पावरप्लेमा नेपालको ३ विकेट पतन

  • बिहीबार ७ साउन २०८३ ०५:०१ PM
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पावरप्लेमा ३ विकेटको क्षतिमा ३३ रन बनाएको छ । नेदरल्यान्ड्समा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावरप्लेमा नेपालले दुई ओपनरसहित कप्तान रोहित पौडेलको पनि विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा ओपनर आसिफ शेख १४ रनमा क्याच भए । उनले १७ बलमा २ चौका प्रहार गर्दै एलेक्स रोयको बलमा क्याच भए ।  दोस्रो विकेटको रुपमा ओपनर कुशल भुर्तेल ९ रनमा एलबीडब्ल्यू भए ।उनले २० बलमा १ चौ