विराटनगरका अस्पतालमा भाइरल ज्वरो र पखालाका बिरामी बढे

  • बिहीबार ७ साउन २०८३ ०५:०१ PM
विराटनगर : केही दिनयता लगातार बदलिएको मौसमले विराटनगरका ठूला अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप उल्लेख्य रूपमा बढाएको छ । मौसम फेरिँदा अस्पताल भरिभराउ भएका हुन् । अत्यधिक गर्मी, बीचबीचमा भइरहेको वर्षा र वातावरणीय परिवर्तनका कारण विशेषगरी भाइरल ज्वरो, रुघाखोकी र झाडापखालाका बिरामी दैनिक बढ्दै गएका छन् । कोशी अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम, न्यूरो अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको संख्या ह्वात्तै बढेको चिकित्