कानुन पालना गर्दै स्वदेशी लगानी ५० प्रतिशत माथि बनाउन एनसेल तयार

  • बिहीबार ७ साउन २०८३ ०५:०१ PM
काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले नेपाली नागरिक तथा संघसंस्थाको पूँजी लगानीलाई ५० प्रतिशतभन्दा बढी कायम गरी अधिकांश स्वामित्व नेपालीको भएको कम्पनी बनाउन आफू तयार रहेको सरकारलाई जानकारी गराएको छ । यसका लागि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन (आईपीओ) जारी गर्ने एनसेलको योजना रहेको छ । आईपीओलगायत विभिन्न प्रस्तावसहित एनसेलले बुधबार प्रधानमन्त्री कार्यालयमा शेयर स्वामित्वको विवाद समाधान गरिदिन पुनः पत्र बुझाएको छ । स्वामित्व विवाद खेप्दै आएको एनसेलले कानुन विपरीतका निर्णयहरू,