विद्युत महसुलमा लगाइएको भ्याट तत्काल हटाउन माग

  • बिहीबार ७ साउन २०८३ ०४:०१ PM
नवलपुर : नवलपुर जिल्लाका तीन प्रमुख उद्योग वाणिज्य संघहरूले विद्युत महसुलमा हालै लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । नवलपुर उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ र मध्यविन्दु उद्योग वाणिज्य संघले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र मार्फत् यस्तो माग गरेका हुन् ।विद्युत आजको समयमा विलासिताको वस्तु नभई नागरिकको आधारभूत आवश्यकताका साथै मुलुकको आर्थिक विकास, औद्योगिक उत्पादन,