भग्नावशेष बनेको विद्यालयबाट शिक्षिकाको बिलौना - विद्यार्थीका कोठा शोक मनाउने पर्खाल बने

  • बिहीबार ७ साउन २०८३ ०२:०१ PM
इरान : ३३ वर्षीया शिक्षिका अमाइनेह नादेमी आफ्नो पुरानो विद्यालयका भग्नावशेषहरूका बीच होसियारीपूर्वक हिँडिरहेकी छन्। माथिल्लो तलाका भत्किएका कंक्रिटका ठूला टुक्राहरू जोखिमपूर्ण रूपमा झुण्डिरहेका छन्। केही कक्षाकोठाहरू अझै पनि जस्ताको तेस्तै छन्, जसका रङ्गीचङ्गी पर्खालहरूमा बेलुन र फूलका चित्रहरू कोरिएका छन्।उनीलाई कुन ठाउँ कहाँ थियो भन्ने सबै याद छ—माथिल्लो तलामा छात्राहरूको कक्षाकोठा, तल छात्रहरूको कक्षाकोठा, प्रधानाध्यापकको कार्यकक्ष र प्रार्थना कक्ष। इरानको दक्षिणी सानो शहर मिनाबस्थ