छोराले चलाएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु

  • बिहीबार ७ साउन २०८३ ०१:०१ PM
सिमरा : बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित पावर हाउस क्षेत्रमा बुधबार भएको मोटरसाइकल दुर्घटना परी गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया सायबुन खातुन रहेकी छिन् ।दुर्घटनामा गम्भीर घाइते भएकी खातुनको बुधबार साँझ मृत्यु भएको हो । उनको टाउको र दाँतमा गम्भीर चोट लागेको थियो । प्रहरीका अनुसार सिम्रौनगढको पर्साटोलबाट इटवालतर्फ जाँदै गरेको बिआरएडी ५६४२ नम्बरको भारतीय मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल उनका छोरा २५ वर्षीय तबरेज अन्सारीले चलाईरहेक