काठमाण्डु– ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय महिला पक्राउ परेका छन् । थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाण्डु आएका भारत मणिपुरका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली पक्राउ परेका हुन् । उनीहरुको साथबाट सुटकेसभित्र लुकाएर ल्याएको ८ किलोग्राम थाईल्यान्डको गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण