मुख्यमन्त्री कँडेल बिरूद्व नेकपाले अविश्वासको मत दिने

  • बिहीबार ७ साउन २०८३ ११:५२ AM
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दोहोर्‍याएको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकले यसअघि लिएको अडानलाई यथावत् राख्ने निर्णय गरेको हो ।  नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्रीप्रति पार्टीको विश्वास नरहेको भन्दै अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय परिवर्तन नहुने बताए । यस अघि नेपाली कांग्रेस र नेकपाले मुख्यमन्त्री कँडेल बिरूद्व अविश्वासको मत दर्ता गराएका थिए ।