वीरेन्द्रनगर : कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा सडक दुर्घटनाको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ । दुर्घटनाका कारण हुने मृत्युदरमा भने ३ प्रतिशतले कमी आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले बताए । उनले गत आर्थिक वर्षको कार्यप्रगति सार्वजनिक गर्दै आव २०८२/०८३ मा प्रदेशभर १ हजार १ सय ९७ वटा सवारी दुर्घटना भएको बताए । ती दुर्घटनामा १ सय ३५ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ७ जना