पाल्पामा टिपर दुर्घटना, चालकको  मृत्यु

  • बिहीबार ७ साउन २०८३ ११:०१ AM
तानसेन : पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  तिनाउ गाउँपालिका–३ छहरागैरामा गए राति भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ आउँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर गए राति करिब ११ बजे छहरागैरामा आफैं अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनाको जानकारी पाएपछि प्रहरी