काठमाडौं । काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट १५६ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरूको गतिविधि तथा संलग्नताबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको