काठमाडौं । चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेता नेपाली चलचित्र तथा कलाकारलाई काठमाडौंमा आयोजित विशेष समारोहमा कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित सम्मान गरिएको छ । चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म सम्पन्न नेपाली चलचित्र सप्ताहअन्तर्गत ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै चार हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएको थियो