शरीरमा पेट्रोल छर्किएका युवकलाई प्रहरीले जोगायो

  • बुधबार ६ साउन २०८३ ०९:०० PM
विराटनगर : विराटनगरमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका छन्। समयमै प्रहरी पुगेर उनलाई सकुशल उद्धार गरेको छ। सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिका-१ घर भई हाल विराटनगर महानगरपालिका-१३ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय सञ्जीव झालाई बुधबार अपरान्ह प्रहरीले उद्धार गरेको हो। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानमा पत्नीसँग भएको विवादपछि झाले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको खुलेको छ। घटनास्थलबाट उनले प्रयोग गर्न तयार पारेक