ह्वावेले नेपालमा ल्यायो दुई नवीन ऊर्जा प्रविधि, स्वच्छ ऊर्जा पूर्वाधार सुदृढ हुने अपेक्षा

  • बुधबार ६ साउन २०८३ ०२:०१ PM
काठमाडौं । स्वच्छ ऊर्जा उत्पादन र त्यसको प्रभावकारी उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ दूरसञ्चार तथा डिजिटल प्रविधि क्षेत्रको अग्रणी कम्पनी ह्वावेले नेपालमा आफ्ना दुई अत्याधुनिक ऊर्जा समाधान सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा कम्पनीले सौर्य ऊर्जा उत्पादनलाई अझ स्मार्ट र प्रभावकारी बनाउने ‘फ्युजनसोलार ९.० (FusionSolar 9.0)’ तथा विद्युत् भण्डारण र ग्रिड व्यवस्थापनलाई सुदृढ बनाउने ‘लुटेरा युटिलिटी ग्रिड फर्मिङ (LUNA Utility Grid Forming)’ प्रविधिको औपचारिक शुभारम्भ गरेको हो। नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा ह्वावेका उच्च अधिकारीहरूले संयुक्त रूपमा नयाँ प्रविधिको उद्घाटन गरेका थिए। नेपालले नवीकरणीय ऊर्जाको विकासमा तीव्र ... The post ह्वावेले नेपालमा ल्यायो दुई नवीन ऊर्जा प्रविधि, स्वच्छ ऊर्जा पूर्वाधार सुदृढ हुने अपेक्षा appeared first on Kalika Khabar.