बालेनलाई जस्तै गगनलाई पनि एक्लै चलाउने रोग लागेको छ : महत

  • बुधबार ६ साउन २०८३ १०:५४ AM
काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन कुमार थापालाई एक्लै चलाउने रोग लागेको टिप्पणी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । गिरिजाप्रसाद कोइरालाले समेत सबैसँग सल्लाह गर्ने गरेको उनले स्मरण गरे । ‘गिरिजाबाबुले समेत सोध्नुहुन्थ्यो, मलाई यस्तो लागेको छ, के गर्ने हो तिमिहरू भन भन्नुहुन्थ्यो । तर, आज सबैलाई एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ,’ उनले भने, ‘देशको प्रधानमन्त्री एक्लै चलाउन चाहनुहुन्छ, सत्ताधारी पार्टीको नेता एक्लै चलाउन चाहनुहुन्छ ... The post बालेनलाई जस्तै गगनलाई पनि एक्लै चलाउने रोग लागेको छ : महत appeared first on Kalika Khabar.