कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

  • बुधबार ६ साउन २०८३ ११:०३ AM
काममाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो । कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो