हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्य मन्त्री डा.दिनेशचन्द्र देवकोटा, वन तथा वातावरण मन्त्री