ठगी आरोपमा कलाकार नारद खतिवडासहित तीन जना पक्राउ

  • बुधबार ६ साउन २०८३ ०८:५१ AM
काठमाडौं । कलाकार नारद खतिवडासहित तीनजनालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको छ । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौँको बुद्धनगर बस्दै आएका कलाकार ५२ वर्षीय नारदप्रसाद खतिवडा, उदयपुरको कटारी नगरपालिका–७ सिरिसे घर भई हाल ललतिपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासीको बर्दघाट सुस्तापश्चिमका ५९ वर्षीय गोपालकुमार गुरुङलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । The post ठगी आरोपमा कलाकार नारद खतिवडासहित तीन जना पक्राउ appeared first on Kalika Khabar.