श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको निर्देशन

  • बुधबार ६ साउन २०८३ ०८:२९ AM
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितबाट प्राप्त हुने उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको छ । विभागले मंगलबार आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै उजुरीको शीघ्र सुनुवाइ र प्रभावकारी सेवा