टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

  • बुधबार ६ साउन २०८३ ०७:५७ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण (ट्रान्सफर स्टेसन) केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगरले निर्माण कार्य निर्धारित समयभन्दा अघि नै सम्पन्न गरी केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ । बुधबार निर्माणाधीन केन्द्रको स्थलगत अवलोकनपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले केन्द्र सञ्चालनमा आएपछि महानगरको फोहोर व्यवस्थापन प्रणाली आधुनिक,