काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौँसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागुऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–३१ प्रयागमार्गबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम ६५७ ट्याब्लेटसहित दुई जना र पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरबाट २० किलो ६८७ ग्राम गाँजासहित भारतको विहार राज्यको सितागढी पञ्चायतताल डुम्रा–३३ का ३४ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरिएको हो । यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाबाट खैरो हेरोइनसहित भारतको विहार राज्यको मधुवनी पञ्चायत मधवापुर–५ का २४ वर्षीय राजाकुमार मण्डल, बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुरमा ... The post विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ appeared first on Kalika Khabar.