अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको भीषण बाढीले एक वृद्धलाई बगाएर बेपत्ता बनाएको छ भने जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेका छन् । गौरीशंकर गाउँपालिका–९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई गए राति करिब ११ बजेतिर आएको बाढीले बगाएर बेपत्ता बनाएको हो । वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार बाढीका