जनकपुरधाम । केही वर्ष अघिसम्म वर्षात् लाग्ने बित्तिकै फुसको छानो चुहिने, हुरी बतास चल्दा रातभर निद्रा हराउने र आगलागीको त्रासमा दिन बिताउने सिराहा र सप्तरीका एक हजार २०१ विपन्न परिवारका लागि अहिले जीवन नै फेरिएको छ । फुसको अस्थायी टहराबाट पक्की घरमा सरेसँगै ती विपन्न परिवारहरूको दैनिक जीवन सुरक्षित, सम्मानित र आशावादी बनेको छ ।