काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ । शनिबार बिहान भएको पाँच किलोमिटर दौडमा कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता–कार्यकर्ता तथा सर्वसाधारण सहभागी भएका थिए । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘जलवायु जनचेतना जगाउन जुटौं’