काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर १५औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरे पनि आन्तरिक विवाद झनै चुलिएको छ। विशेष महाधिवेशनदेखि नै फरक बाटो समातेका संस्थापन पक्ष र इतर (शेरबहादुर देउवा) समूहबीचको दूरी घट्नुको साटो झन् फराकिलो बन्दै गएको छ।संस्थापन पक्ष महाधिवेशनको तयारीमा जुटिरहँदा इतर समूहले भने साउन महिनाभित्रै काठमाडौंमा ‘राष्ट्रिय भेला’ गर्ने घोषणा गरेको छ। साउन ६ गते कमलादीस्थित प्रज्ञा भवनमा हुने बीपी स्मृति दिवसका अवसरमा सो भेलाको मिति, समय र स्थान औपचारिक रूपमा स