काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को संशोधित विधान औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान प्रमाणीकरण गरेपछि नयाँ व्यवस्था लागू भएको हो । इप्पानको २४औँ साधारणसभा तथा आठौँ अधिवेशनले संस्थाको नेतृत्व प्रणाली, कार्यसमिति संरचना र पदाधिकारीसम्बन्धी व्यवस्थामा संशोधन गरेको थियो । संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने